राष्ट्रसङ्घका महासचिव गुटेरेस र ओली भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच हिजो बेलुका राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो । यसैबीच प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जन गर्ने देशले उत्सर्जन नगर्ने देशलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ…