काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समस्या सडकमा नभएर सरकारमै रहेको बताएका छन् । उनले यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै दाहालले राजावादी सलबलाउँदा डराउने अवस्था नभएको तर दलहरूले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । ‘मुख्य समस्या सरकारमा छ । सहकार्य र संवाद गर्नुपर्छ…