असार चौथो सातासम्म देशभर ४३ प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले दिएको विवरण अनुसार असार २२ गतेसम्म सात वटै प्रदेशमा गरी ४१.९ प्रतिशत रोपाइँ भएको छ। कृषि मन्त्रालयले यस बर्ष वर्षे सिजनमा १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेकोमा ५ लाख ८० हजार ८८६ हेक्टरमा…