पलेशा सम्मानित

पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनको सम्मानमा फ्रान्सेली दूतावासले सोमबार सम्मान गरेको छ । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत भेर्जिनी कोर्तभालले निजी निवासमा आयोजित कार्यक्रममा पलेशालाई पेरिसमा भएको पारा ओलम्पिकमा कांस्य पदक जितेकामा बधाई दिँदै उनको सफलता असाधारण भएको चर्चा गरिन् । अगस्ट ३० मा पेरिसमा तेक्वान्दो खेलाडी पलेशाले कांस्य पदकका लागि भएको खेलमा सर्बियाली खेलाडीलाई…