ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार तेस्रो दिन ब्याटर हाबी भएका छन्। भारतले बनाएको ५४० रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्डले ४३९ रनको योगफल खडा गरेको छ। सोमबार तेस्रो दिनको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा १२८ रन जोडेको छ। विस्फोटक ब्याटर वैभव सूर्यवंशीले टेस्टमा पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिएका छन्। उनले ४४ बलमा…