एक्कासी आएको बाढीले त्रिशुली नदीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ। नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो। नुवाकोट, विदुर नपा–१ लभ डाडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा बाढीमा फसेका थिए। बाढी…