बालेनको पुत्ला दहन

काठमाडौँ महानगरका प्रमुख बालेन शाहको आज साँझ पुत्ला दहन भएको छ। न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन्। आज उनीहरूले दिनभर सो क्षेत्रमा प्रदर्शन पनि गरेका थिए। महानगरपालिका २२ का वडाध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्वमा न्युरोडको फुटपाथ निर्माण कार्यमा अवरोध भएको हो। फुटपाथ सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण…