पालिका अध्यक्षसँग सिकार खेल्न जाँदा युवकको मृत्यु भएको घटना एक महिनासम्म गुपचुप

पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमसँग सिकार खेल्न गएका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएको घटना एक महिनासम्म गुपचुप राखिएको खुलेको छ । घटनाबारे प्रहरीमा उजुरी नगर्न दबाब बढेपछि युवकको परिवार मिक्लाजुङ–७ लिम्बाबाट विस्थापित भएको छ । स्थानीयका अनुसार तेजबहादुर गत मंसिर २१ मा अपराह्न अध्यक्ष माखिमसँग सिकार खेल्न जैसीभीर जंगल गएका थिए । करिब १० जनाको…