आन्तरिक राजस्व विभागको राजस्व संकलनमा वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार पछिल्लो केही महिनामा राजस्व संकलनमा वृद्धि भएको हो। चालु आर्थिक वर्षको जेठ महिनाको राजस्व संकलन ४१ अर्ब १९ करोड छ। गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो। यो ११.३० प्रतिशतको वृद्धि हो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कुल ४ खर्ब ४८…