तम्घास–सिमलटारी सडक खण्डका ४ ठाउँमा पक्की पुल


२२ आश्विन २०८२, बुधबार  

0
Shares

गुल्मीको तम्घासदेखि सिमलटारीसम्म मदन भण्डारी राजमार्गमा चार स्थानमा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ।

पक्की पुल निर्माणपछि वर्षातको समयमा पनि सवारी आवागमन सहज भएको छ र स्थानीयवासीलाई ठूलो सुविधा पुगेको छ।

चारै पुल निर्माणमा कुल १९ करोड २६ लाख ५३ हजार खर्च भएको मदन भण्डारी राजमार्ग आयोजनाले जनाएको छ।


२२ असोज, गुल्मी । गुल्मीको तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्ग अन्तर्गत चार स्थानमा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माणपछि वर्षातको समयमा पनि सवारी आवागमन सहज भएको छ ।

६ वर्षअघि कालोपत्र गरिएको राजमार्गको हुलाके, धनार्जी, फुलबारी र घमिरका खहरे खोलामा पुलको अभावमा सवारी साधन र पैदल यात्रुलाई समस्या हुने गर्थ्यो । प्रत्येक वर्षातमा खोलामा पानी बढ्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्नु पर्ने अवस्था थियो ।


तर हालै सम्पन्न पक्की पुल निर्माणसँगै सवारी साधन अवरोधविना आवत–जावत गर्न थालेका छन् । यस वर्षको वर्षातमा पनि सवारीसाधन नियमित रूपमा चलिरहेका छन् । जसले स्थानीयवासी तथा यात्रुलाई ठूलो सहजता प्रदान गरेको छ ।


विगतका दिनमा पक्की पुल नहुँदा धेरै सवारीसाधान र यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता अहिले अन्त्य भएको इस्मा ६ का गोर्खाबहादुर नेपाली बताए । खेतमा जान, बजारमा किलमेल गर्न जान समेत पहिले समस्या रहेको उनले बताए ।

पुल निर्माणले पश्चिम गुल्मीका बासिन्दाको दैनिक जीवनमा सकारात्मक प्रभाव पारेको छ । पक्की पुलले दुर्गम मानिएको पश्चिम भेगको यात्रालाई सुगम तुल्याएको मालिका–६ का स्थानीय ओमबहादुर कार्कीले बताए ।


४ वटा पुल मध्ये फुलबारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माण कार्य गरेको हो ।

हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण गरेको थियो । पक्की पुल नबन्दा वर्षातको समयमा पश्चिम गुल्मीका कैयौं नागरिक बिरामी पर्दा खोला किनारमै बसेर खोला घटेपछि तर्नुपर्ने अवस्थको अन्त्य भएको मालिका–५ का पूर्ववडाध्यक्ष एवं स्थानीय शोभाखर गिरीले बताए । उनले अब पुल निर्माण कार्यले यहाँका नागरिकमा खुसियाली थपिएको बताए ।

घमिर खोलमा १५ मिटर लम्बाइको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको मदन भण्डारी राजमार्ग आयोजना गुल्मीले जनाएको छ । फुलबारी खोलामा २० मिटर लम्बाइको पुल निर्माणका लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ ।

धनार्जी रोधी खोलामा बन्ने ३५ मिटर लम्बाइको पुल निर्माणका लागि ७ करोड ४८ हजार र हुलाके खोलामा २५ मिटर लम्बाइको पुल निर्माणका लागि ५ क
राजमार्गका ४ वटा पक्की पुलको कुल लागत १९ करोड २६ लाख ५३ हजार रहेको छ ।

यो राजमार्ग भएर गुल्मी जिल्लाका पश्चिम भेगसँगै छिमेकी जिल्ला प्यूठानसम्म पुग्ने सवारीसाधनहरू आउजाउ गर्दछन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ५९ बजे