खनाललाई जिम्मेवारी थप, अर्यालको कटौती


७ आश्विन २०८२, मंगलबार  

0
Shares

गृहमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरेकी छन्।
गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरी गृह मन्त्रालयको मात्र जिम्मेवारी दिइएको छ।
कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ र मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ।
६ असोज काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दा यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् ।

कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ ।

मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । कुलमान घिसिङ र सिन्हालाई तीन- तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रामेश्वर खनाललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

डा. मदन परियारलाई कृषि, महाविर पुनलाई शिक्षा र जगदिश खरेललाई सञ्चार गरी एक/एक मन्त्रालय मात्र दिइएको छ । अरु मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ०३ बजे