नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ


२७ भदौ २०८२, शुक्रबार  

14
Shares

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौ, काठमाडौंमा शीतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी छिन्।


२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।


उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।


गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।


नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ९ : ५७ बजे