८७ सदस्यीय जम्बो टोली सहित चीन जाँदै ओली


१३ मंसिर २०८१, बिहिबार  

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने भएका छन् ।

ओली चार दिने उत्तरी छिमेकीको यात्रा सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका छ ।

चीन भ्रमणको तयारीको लागि ओलीले बिहीबार मात्रै परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई चीनतर्फ पठाइसकेका छन् । राणा चीनको छेन्दुमा पुगिसकेकी छन् ।

ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० बारे पनि छलफल गर्ने भएका छन् । तर सत्ता सहयात्री नेपाली कांग्रेसको असहमतिका कारण बीआरआईअन्तर्गतका परियोजना तत्कालै कार्यान्वयनमा जाने सम्भावना न्यून छ ।

दुवै दलले बीआरआईबारे साझा धारणा बनाउन अनौपचारिक रुपमा कार्यदल गठन गरेका थिए।

अनौपचारिक कार्यदलमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा। युवराज खतिवडा तथा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल थिए।

कार्यदलले अनौपचारिक रूपमा नै बिआरआई कार्यान्वयन योजनाको मस्यौदाका आधारमा सुझाव र धारणा पेस गरेको थियो। त्यसबारे दुबै दलले मुख खोलेका छैनन्।

तसर्थ, बीआरआई परियोजनाको अन्योल यथावत् रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

कार्यदलले अनौपचारिक रूपमा नै बीआरआई कार्यान्वयन योजनाको मस्यौदाका आधारमा सुझाव र धारणा पेस गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : २२ बजे