होराइजनमा विद्यार्थीहरूले देउसी भैलो खेलेर गरे उद्धुम रमाइलो


२० कार्तिक २०८३, बिहिबार  

140
Shares

ओम प्रकाश पौडेल।

कपिलवस्तु १९ कार्तिक

होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय सिद्धिपुर आज तिहारमय बनेको छ। सनातन वैदिक हिन्दू परम्पराको झल्को दिने गरी विद्यालय परिसरमा विद्यार्थीहरूले आकर्षक देउसी भैलो खेल्दै विद्यालयका विभिन्न स्थानमा रंगोली आकर्षक रंगोलीहरु निर्माण गरी विद्यालयलाई तिहारमय बनाएका हुन् ।

विद्यालयद्वारा अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित बृहत देउसी भैलो प्रतियोगिता तथा रंगोली प्रतियोगितामा विद्यार्थीहरुले विद्यालयलाई तिहारमय बनाए । विभिन्न चार सदनका आठ समूहहरूबीच सिनियर र जुनियर तर्फ देउसी भैलो प्रतियोगिता तथा रंगोली प्रतियोगिता सम्पन्न भएको प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

कपिलवस्तु जिल्लाको गौरव लुम्बिनी प्रदेशकै सान राइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले संस्कारी शिक्षा प्रदान गर्नका लागि यसको स्थापनाकालदेखि नै अहोरात्र योगदान गरिरहेको र शिक्षा विकासमा थप प्रभावकारी कार्यक्रमहरु अगाडि बढाउँदै आएको प्राचार्य घिमिरेको भनाइ थियो ।

कार्यक्रम विद्यालयका प्राचार्य तथा सयपत्री क्याम्पसका क्याम्पस प्रमुख वासुदेव घिमिरेको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविराज शर्मा ज्ञवालीको प्रमुख अतिथ्यता वरिष्ठ कलाकार दोय योगेन्द्र शाह र पूर्णचन्द्र परियार रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष एवं युवा नेत्री लेखा शर्मा घिमिरेको आतिथ्यतामा कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका इन्चार्ज मोहन प्रसाद बेलवासै मावि तह संयोजक गीता शर्मा पोखरेल आधारभूत तह संयोजक शालिग्राम आचार्य प्रावि तह संयोजक पदमपाणी ढुङ्गाना पूर्व प्रावि तह संयोजक चन्द्रा मल्लसेन विभिन्न विषय विभाग प्रमुखहरु शिक्षक विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  ८ : ४६ बजे