ओम प्रकाश पौडेल
सिद्धिपुर, ३० अशोज ।
नेपालीहरुको महान चाड विजयादशमीको अवसर पारी होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा दशैँ उत्सव मनाइएको छ । विद्यालयका प्राचार्य, विद्यालय इन्चार्ज, विभिन्न तह संयोजक ज्यूहरुले विद्याथर््ी तथा शिक्षक कर्मचारीहरुलाई टीका, पर्साद र दािक्षणाा सहित दशैँको शुभकामना प्रदान गरिएको हो । शुक्रबार विद्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरि कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थी तथा शिक्षक कर्मचारीहरु विच दशैं उत्सव सम्पन्न भएको प्राचार्य बासुदेव घिमिरेले जानकारी दिनुभयो । प्ले ग्रुप देखि कक्षा ३ सम्मका विद्यार्थीहरुले भने विहिवार नै दशैं उत्सव मनाएका थिए ।
यसै दशैं समस्त नेपाली जनमा रोग, भोक र शोक अन्त्य गर्दै खुशी र समृद्धिको सञ्चार गर्न सकोस विद्यार्थी अभिभावक ज्यूहरु, , शिक्षक कर्मचारी ज्यूहरु तथा सम्पूर्ण सम्पूर्णमा विजयादशमीको भव्य शुभकामना व्यक्त गर्दछौँ, प्राचार्य घिमिरेले भन्नुभयो । शिक्षा सामाजिक सचेतना अभिवृद्धिमा अझ सार्थक बनोस् भन्ने उहाँको सुभेच्छा थियो ।
दशँैमा टीका, पर्सादी तथा दक्षिणा सहित विद्यालयले दशैँ मनाएकोमा सबै भन्दा बढि विद्यार्थीका मूहारमा कान्ति छाएको मैले देखँ, विद्यालयका अनुशासन इन्चार्ज लेखा शर्मा घिमिरेले भन्नु भयो ।
साथै होराइजनकै अभिन्न अंग सयपत्री क्याम्पसले पनि दशैँ उत्सव मनाएको छ । क्याम्पस विद्यार्थी तथा प्राध्यापक कर्मचारीहरुलाई क्याम्पस प्रमुख, कार्यकारी निर्देशक तथा व्यवस्थापन समिति अध्यक्षले टीका, पर्सादी र दक्षिणा प्रदान गर्नु भएको क्याम्पस प्रशासनले जनाएको छ ।




