पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका बेला सांसदले नै नियम उलङ्घन गरेको पाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ताको एक तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।
भाइरल तस्बिरमा सांसद गुप्ता चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाइरहेको देखिन्छ। यसलाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै आलोचना गरिरहेका छन्।
हालसम्म उक्त तस्बिर कहिले र कहाँ खिचिएको हो भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन। साथै, यस घटनाबारे सांसद गुप्ता वा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।




