ओम प्रकाश पौडेल।
१ जेठ वाणगंगा ।
होराइजन मावि बाणगंगा ४ सिद्धिपुरमा विद्यार्थीहरू दीक्षित भएका छन्। SEE २०८२ को परीक्षामा ग्रेडेड भई कक्षा १० पास गरेका विद्यार्थीहरूलाई विद्यालयले दीक्षित गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य वासुदेव घिमिरेले विद्यार्थीहरूलाई अबको यात्रा अझ चुनौतीपूर्ण रहेको भन्दै थप मेहनतका साथ समुज्जल भविष्य निर्माणमा लागि पर्न सुझाव दिनुभयो। ” उच्च शिक्षाका लागि समेत होराइजन माध्यमिक विद्यालय अब्बल विद्यालयका रूपमा स्थापित भइसकेकोले प्लस टु तर्फ आइटी र होटल म्यानेजमेन्ट अध्ययनका लागि अन्यत्र जानु पर्दैन्। हामीहरू शैक्षिक सर्वोत्कृष्टताको यात्रामा अनवरत रुपमा क्रियाशील छौँ। ” उहाँले भन्नुभयो।







कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले शिक्षक विद्यार्थी र अभिभावकज्यूहरूको संयुक्त प्रयासबाट मात्रै अबल नतिजा प्रदान गर्न सकिने भएकोले सोही अनुसार थप क्रियाशील भएर लाग्न शिक्षकलाई निर्देशन दिनुभयो।


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति सदस्य अनुगमन समिति संयोजक तथा विद्यालयका सल्लाहकार विष्णुप्रसाद न्यौपानेको विशेष आतिथ्यता, विद्यालय व्यवस्थापन समिति सदस्यहरू शिवलाल भण्डारी, उषा नेपाल गीतादेवी पौडेल लगायतको आतिथ्यता, प्राचार्य वासुदेव घिमिरेको स्वागत प्रावी तह संयोजक पदमपाणी ढुङ्गाना र गीता शर्मा पोख्रेलको सञ्चालन रहेको कार्यक्रममा एसइइमा ग्रेडेड भएका विद्यार्थीहरूलाई सम्मानित तथा दीक्षित गरिएको थियो।














