पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


११ बैशाख २०८३, शुक्रबार  

0
Shares

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।

उनलाई शुक्रबार साँझ पक्राउ गरेको एआइजी मनोज कुमार केसीले जानकारी दिए।

कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेले ठेक्का पाउने बेलामा डकुमेन्ट परिवर्तन गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

‘ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो,’ उनले भने।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

त्यति बेला उनी ४ करोड धरौटी बुझाएर छुटेका थिए।

स्रोत सेतोपाटी

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : २३ बजे