लिनेस
कपिलवस्तु, ३ वैशाख
होराइजन मा.वि. सिद्धिपुरमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विद्यालय परिसरमा भव्य कार्यक्रमका साथ कक्षा १२ को बोर्ड परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई कक्षा ११ का विद्यार्थीहरुले शुभकामना व्यक्त गरेका हुन् । साथै विद्यालय तहको पठनपाठन गरि अब क्याम्पस तहको अध्ययनको संघारमा रहेका उनीहरुलाई विद्यालय तहको शिक्षाबाट विदाई गरिएको रुपमा यसलाई बुझ्ने पनि गरिन्छ ।


कक्षा ११ का विद्यार्थी युनिसा खनालको अध्यक्षता, राष्टिय परीक्षा बोर्ड परिक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलका प्रमुख कमल प्रसाद अर्यालको प्रमुख आतिथ्यता विद्यालय व्यवस्थापन समितिका उपाध्क्ष विरेन्द्र श्रेष्ठको विशेष आतिथ्यता, प्राचार्य बासुदेव घिमिरे, विद्यालय सल्लहकार शिवलाल भण्डारी, विष्णुमाया श्रेष्ठ, प्लस टु संयोजक मोहन प्रसाद वेल्वासे, सयपत्री क्याम्पसका प्रवन्ध निर्देशक सुरेन्द्र घिमिरे , रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका अध्यक्ष लेखा शर्मा घिमिरे , मा.वि. तह संयोजक गिता शर्मा पोख्रेल, आधारभूत तह संयोजक शालिकराम आचार्य, प्रावि तह संयोजक पदमपाणी ढुंगाना, पूर्व प्रावि तह संयोजक चन्द्रामल्ल सेन, कोचिङ कोओडिनेटर कमल पोख्रेल लगायतको आतिथ्यता श्रेया पौडेल र दिपान्सु खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।




