जरायलस्थित नेपाली राजदूतावासले इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा रहन आग्रह गरेको छ।
‘अत्यन्त जरुरी’ भन्दै आठ बुँदे सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो। आपतकालीन अवस्थामा नेपाली दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र तृतीय सचिव सञ्जकुमार शाहलाई मोबाइलमा सम्पर्क गर्न दूतावासले भनेको छ।
दूतावासले सार्वजनिक गरेअनुसार द्वितीय सचिव कुमारबहादुर श्रेष्ठको सम्पर्क नम्बर +९७२–५३५३६०७४८ र तृतीय सचिव सचिव सञ्जकुमार शाहको सम्पर्क नम्बर +९७२–५४५५८२०७७ हो।
mahalaxmi Bank
Global ime Bank
nepal life Insurance
होम फ्रन्ट कमाण्डलगायत इजरायल सरकार एवम् इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ।
साथै अलर्ट एसमएस आएमा तथा खतराको संकेत स्वरुप साइरन बजेमा हेलचेक्र्याइँ नगरी आफू नजिकैको बम सेल्टरमा अनिवार्य रुपमा जान भनिएको छ।
आफ्ना राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमै राख्न र विकसित घटनाक्रमको बारेमा नियमित रुपमा अद्यावधिक जानकारी राख्न पनि इजरायलमा रहेका नेपालीहरुलाई भनिएको छ।
सामाजिक सन्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरु अनावश्यक रुपमा सेयर नगर्न, साथीभाइ, परिवार र आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले भनेको छ।




