२६ फाल्गुन २०८२, मंगलबार  

0
Shares

किशोरीको बलात्कारपछि हत्या अरोपमा ४ युवा पक्राउकाठमाडौँ : सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ परेका छन्।

वीरेन्द्रनगर- १ मा बस्दै आएकी इनिशा विकको बालात्कारपछि हत्या गरेको आरोपमा चारजना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चार नै जना १८ वर्षमुनिका छन्

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुधीर शाहीका अनुसार घटना फागुन २३ गते शनिबारको हो। इनिसा २३ गते बिहान वीरेन्द्रनगर- ४ स्थित जनजागरण सामुदायिक वनमा बेहोश फेला परेकी थिइन्। लगतै उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो। लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बिहान घरबाट निस्केकी उनी वनमा बेहोश अवस्थामा भेटिएकी थिइन्। उनको मृत्युपछि परिवार र आफन्तले २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

घटनाकै दिन नै एकजना र थप तीनजना मंगलबार पक्राउ परेको एसपी शाहीले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान अगाडि बढेको भन्दै पोस्टमार्टम रिपोर्ट आएपछि निष्कर्षमा पुग्ने बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ३ : १८ बजे