अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी


२९ माघ २०८२, बुधबार  

0
Shares

नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले कहिले लाइनमा घण्टौँ उभिनु पर्ने, कहिले फाइल एक कार्यालयबाट अर्को कार्यालय घुमिरहँदा काममा अनावश्यक ढिलाइ हुने अवस्थाले नागरिकलाई सरकारी सेवा लिन नै हैरानीको विषय बनेको उल्लेख गरेका छन् ।

सभापति थापाले परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुःख दिएको भन्दै प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्।  

थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन अब शासनको शैली र तरिका परिवर्तन गर्नैपर्छ।’

उनले ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार  ११ : ५० बजे