तोपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेर ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो। तर, आज बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।
यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो।
महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो ।




