रौतहट–४ बाट चुनाव लड्दै धमला


७ माघ २०८२, मंगलबार  

56
Shares


पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को टिकट पाएका छन् ।

आम जनता पार्टीबाट टिकट पाएका धमलाको चुनाव चिह्न मोबाइल हुनेछ । उनी मनोनय दर्ताका लागि अहिले रौतहट गइरहेका छन्।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ७ : ५६ बजे