हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाको अनुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ।
राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।




