२०७९को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित भएका छन् । त्यसमा ८२ प्रतिशत महिला जनप्रतिनिधिहरू विभेदमा परेको तथ्याङ्क सार्वजनिक भएको छ ।
महिला पुनर्स्थापन केन्द्र (ओरेक) ले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका १६ जिल्लाको ३९ पालिकाकाको २९७ निर्वाचित जनप्रतिनिधिहरूसँग गरेको हालैको सर्वेक्षणको नतिजालाई विश्लेषण गरेको छ ।
उक्त सर्वेक्षणमा आएको प्रतिक्रियालाई विश्लेषण गर्दा सबै भन्दा बढी ८२ प्रतिशत महिला जनप्रतिनिधिहरूले आफ्नो भूमिकामा प्रत्यक्ष वा अप्रत्यक्ष विभेद भोगेको र ६५ प्रतिशत ले केवल महिला भएकै कारणले नेतृत्व तहमा आफूलाई अस्वीकार गरिएको अनुभव गरेका छन् ।
घर, समाज हुँदै राजनीतिक क्षेत्रमासमेत महिलालाई अझै दोस्रो दर्जाको रूपमा हेर्ने गरिएको छ ।




