सहायता कक्ष’को शुभारम्भ



काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरिएको छ।

गोँगबुस्थित नयाँबसपार्कमा आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरे।

एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताए। 

उनले विगतमा भएका कमी कमजोरीलाई सुधारेर राज्यका सबै निकायले जनतालाई छिटो, छरितो र न्यायपूर्ण सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। “नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सेवामा जुटेको छ”, उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातलाई नागरिकमुखी बनाउँदै अगाडि लगिने बताए। उनले जेनजी आन्दोलनका कारण नेपालको यातायात क्षेत्रमा ठूलो समस्या भएको भन्दै उक्त घटनालाई बिर्सेर अगाडि बढ्नुपर्ने उल्लेख गरे।

यातायात व्यवस्था विभागका निर्देशक गणेशमानसिंह राईले खरानीको ढिस्कोमा बसेर यातायात विभागले नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको बताए। 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ४६ बजे