४४० जनाले लिए निःशुल्क आँखा शिविरको लाभ, जनप्रिय कार्यक्रम तर्फ रास्वपाको ध्यान


२४ भदौ २०८२, मंगलबार  

70
Shares


ओम प्रकाश पौडेल वाणगंगा


राष्ट्रिय स्वतन्त्र पार्टी बाढगंगा ११ कमिटीको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

कपिलवस्तु नेत्र ज्योति सङ्घको प्राविधिक सहयोगमा सोमबार आँखा शिविर सामुदायिक भवन ओदारीमा सम्पन्न भएको हो।

आँखा शिविरमा झन्डै ४४० बढी सेवाग्राहीले लाभ लिएका छन्।

परीक्षणका क्रममा आँखा अपरेसन गर्नुपर्ने देखिएका बिरामीहरूको भाद्र २४ गते मङ्गलबार नेत्रज्योति संघ तौली हवामा निःशुल्क अपरेसन हुने आयोजकले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाडगङ्गा वडा नं ११ समितिका सभापति नारायण खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता कमलप्रसाद पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष शिवकुमार सुवेदी जिल्ला उपाध्यक्ष बिक्रम थापा वासुदेव खनाल चोलाकान्त डुम्रे तारा सुवेदी हिरा भट्टराई पुष्पा भुसाल सन्तोष भट्टराई कृष्ण पाठक मथुरा अधिकारी लगायतका रासोपा नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ६ : ३३ बजे