मस्कलाई साथ दिन ओरालो लागेको टेस्ला किन्न ट्रम्प तयार
अमेरिकी राष्ट्रपति कार्यालयमा एलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्प ।
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै समय बिताइरहेका अर्बपति एलन मस्कले एकै दिन २९ अर्ब अमेरिकी डलर गुमाएका छन्। उनको स्वामित्वमा रहेका तीन कम्पनीकै शेयर एकै दिन ओरालो लागेको हो।
सोमबार उनको सामाजिक सञ्जाल एक्स ओरालो लागेको हो। टेस्लाको सेयरमा १५ प्रतिशतले गिरावट आयो भने अर्को रकेट विस्फोट भएपछि स्पेस एक्स पनि सङ्घर्ष गरिरहेको छ।
अहिले ट्रम्पले स्थापना गरेको नयाँ विभाग डिपार्टमेन्ट अफ गभर्मन्ट इफिसेन्सीको नेतृत्व मस्कले गरिरहेका छन्। सो विभागले अमेरिकाले धेरै क्षेत्रमा गरेको सहयोग कटौती गर्न सिफारिस गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार मस्कलाई सहयोग गर्न टेस्ला खरिद गर्न तयार भएको बताएका छन्।
प्रतिक्रिया




 
                                                             
                    
                