नेपाल प्रहरीले तीन दिसम्म लगातार परेको वर्षापछि गएको बाढीपहिरो र डुबानबाट विभिन्न जिल्लाहरूमा २४६ जनाको मृत्यु भएको जनाएको छ ।
प्रहरीले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमा सोमबार सार्वजनिक गरेको क्षतिको विवरणअनुसार १८ जना अझै बेपत्ता छन् ।
प्रहरीका अनुसार बाढीपहिरो र डुबानबाट १७८ जना घाइते भएका र –१७ हजार १७४ जनाको उद्धार गरिएको छ ।
प्रहरीको पछिल्लो तथ्यांकमा काठमाडौं उपत्यकामात्रै ७० जनाको मृत्यु र ७ जना बेपत्ता रहेका देखाएको छ । उपत्यकामा बाढीपहिरोमा परि ३७ जना घाइते भएका छन् भने २ हजार १५८ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा २०, मधेश प्रदेशमा ९, बागमती प्रदेशमा १३९ र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ ।
कोशीमा ४ जना, बागमतीमा ७ जना र काठमाडौं उपत्यकामा ७ जना गरी १८ जनाको अवस्था अझै अज्ञात छ ।