डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख रुपैयाँ दिने निर्णय



ललितपुरको गोदावरी नगरपालिकाले वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका हरेका परिवारलाई राहत स्वरूप दुई लाख दिने निर्णय गरेको हो । नगर प्रमुख गजेन्द्र महर्जनले मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपूर प्रयोग गरेको बताए ।

‘नहुनपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं, क्षति कम गर्न नगरपालिकासँगै धेरै सरकारी-गैरसरकारी निकायबाट सहयोग लियौं,’ नगरप्रमुख महर्जनले भने, ‘अथक प्रयासका बाबजुद पनि मानवीय क्षति रोक्न सकिएन ।’ उनले मान्छेको जीवनको अघि सहयोग गौण भए पनि परिवारजनलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १७ बजे