इजरायली सेनाले आफ्नो कब्जामा रहेको ुवेस्ट ब्यांकु को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ ।
कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ । टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल(ओमारीलाई इजरायली सेनाले आइतबार उक्त आदेश हस्तान्तरण गरेको हो ।
इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो । त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो ।
गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् । ुपत्रकारहरूमाथि यसरी निसाना साध्नु सत्यलाई मेटाउन खोजिएको हो । साथै मानिसहरूलाई साँचो सूचनाबाट वञ्चित गर्नु हो,ु वेस्ट ब्यांकका ब्युरो चिफ ओमारीले भनेका छन् ।
गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल(हमास युद्धमा पत्रकारहरू चपेटामा परेका छन् । इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकार मारिएको गाजास्थित सरकारी अधिकारीहरूद्ये जनाएका छन् । अल जजीराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली सेनाको कारबाहीमा मारिएका थिए ।