ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसन प्रा.ली. द्वारा बृहत् रूपमा तीज गीत प्रतियोगिता कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बाणगङ्गा नगरपालिकाकी उप(प्रमुख रिता कुमारी चौधरीले नेपाली मौलिक संस्कृतिलाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको बताउदै हराउँदै गइरहेको धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्न शिक्षा अनिवार्य रहेको बताउनुभएको हो । उहाँले ब्राइट लुम्बिनीले आयोजना गरेको यस्तो कार्यक्रम बाट लुकेको क्षमतालाई प्रस्फुटन गर्न समेत महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।
तीजको मौलिकपन र संस्थाको विशेषतालाई समेटेर प्रस्तुत गरिएको प्रतियोगिताको उपाधी हिमचुली समुहले जित्न सफल भएको छ । ६ वटा टोली सहभागि रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गरे सङ्गै उक्त समुहले ५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै दोस्रो बन्न सफल भएको गौरिशङ्कर समुहले ३५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी लालिगुरास समुह र सगरमाथा समुह तृतिय हुन सफल भएका छन । उनीहरुले २५।२५ सय नगद सङ्गै प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन ।
मङ्गलबार ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा सेन्टरका संचालक असिम कडेल क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।