रुपन्देही – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । बुटवलमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गर्नुभयो । अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । शल्यक्रिया तथा अन्य सेवाका लागि महिनौंँ कुर्नुपर्ने विषयसँग सम्बन्धित बजारमा आएका टिप्पणी उठाउँदै उहाँले सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेकाले अस्पतालले पनि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गर्नुभयो ।
•