पाकिस्तानमा भेटियो पहिलो सङ्क्रण


३२ श्रावण २०८१, शुक्रबार  

56
Shares

पाकिस्तानमा मङ्कीपक्स अर्थात् ‘एमपक्स’ को पहिलो सङ्क्रमित भेटिएका छन् । खाडी देशबाट फर्किएका खैबर पख्तुनख्वाको मरदान जिल्लाका एक व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सङ्क्रमित व्यक्ति क–कसको सम्पर्कमा आएका थिए भन्नेबारे पत्ता लगाउने काम भइरहेको बताएका छन् । यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वास्थ्य मन्त्रालयलाई कुनै पनि स्थितिको सामना गर्नका लागि सतर्क रहन निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि स्विडेनमा एक जनामा एमपक्स सङ्क्रमण देखिएको थियो । अफ्रिकाका केही भागहरूमा एमपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हिजो विश्वव्यापी आपत्कालको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ११ : १३ बजे