स्वास्थ्य शिविर मार्फत अपांगता भएकाहरु लाभान्वित


१८ जेष्ठ २०८१, शुक्रबार  

308
Shares

कमला पौडेल
वाणगंगा, १८ जेठ


वाणगंगा ११ का अपांगता भएकाहरुले स्वास्थ्य लाभ लिएका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोग पिपरा अस्पतालको प्राविधिक सहयोग र कार्यपालिका खबर मिडियाको आयोजनामा जेठ १७ र १८ गते सञ्चालित निशुल्क स्वास्थ्य शिविर मार्फत उनीहरुले लाभ लिएका हुन् ।


पिपरा अस्पतालका स्वास्थ्य कर्मीहरुको टोलीले ५० जना अपांगता भएकाहरुको स्वास्थ्य परिक्षण गरेकोमा १४ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको र परिक्षणका क्रममा अन्यको स्वास्थ्य अवस्था सामान्य नै पाइएको पिपरा अस्पतालका मेडिकल अधिकृत तेजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

अपांगता भएकाहरुलाई सहायता प्रदान गर्ने चेष्टाले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नरेन्द्र प्रसाद थारुले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुंगानाले सार्वजनिक यातायातमा सवार गर्दा दिनु पर्ने छुट दिन यातायात व्यवसायीहरु अनकनाई रहेकोले सो कार्यान्वयन गराउन ठुलो दवाव आवश्यक रहेको बताउनु भयो ।


वडा कार्यालय हथौसामा सञ्चालित शिविर वडाध्यक्ष नरेन्द्र प्रसाद थारुको अध्यक्षता, पिपरा अस्पतालका मेडिकल अधिकृत तेजेन्द्र चौधरीको प्रमुख आतिथ्यता, अपांग उत्थान सममाज कपिलवस्तुका अध्यक्ष कलम प्रसाद ढुंगाना, सामुदायिक आपांगता ऋण तथा बचत सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमनाथ ज्ञवाली, वाणगंगा नगरस्तरीय अपांगता पुनः स्थापना समितिका अध्यक्ष बलराम खराल, वडा सदस्यहरु जगनारायण थारु, सावित्रा वि.क., वाजवुल लैन शाह, र इमकला केसि, कार्यपालिका खबर मिडियाका प्रधान सम्पादक कमला पौडेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


वडा सदस्य इमकला केसिको स्वागत रहेको कार्यक्रम कार्यपालिका खबर मिडियाका प्रबन्ध निर्देशक ओम प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ४६ बजे