कमला सापकोटा
२३ चैत्र, वाणगंगा ।
नेतृृत्व विकास तालिम वाणगंगा ५ कोपवामा सुरु भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग र कार्यपालिका खबर मिडियाको आयोजनामा टोल विकास संस्थाका पदाधिकारीहरुका लागि लक्षित गरि आजदेखि तालिम सुरु भएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष दुनिक भुषालले वडाका समृद्धिका लागि आफूहरु अहोरात्र खटिएकोले वडावासीले अपेक्षा गरे भन्दा पनि धेरै कामहरु आफू निर्वाचित भएको छोटो समयमा सम्पन्न हुन सकेको बताउनु भयो ।
“पूर्वाधार विकास तथा सामाजिक विकासका क्षेत्रमा वडाले उल्लेख्य प्रगति गरेको छ । वडाको बजेटमा मात्रै सिमित नरहेर हामीले प्रदेश संघबाट समेत थप बजेट विनियोजन गर्न तर्फ हामी निरन्तर काम गरिरहेका छौँ” उहाँले भन्नुभयो ।
तलिममा वडा भित्र रहैका कोपवा, मधौली, झण्डा, सिमलखोर, मटेरिया, अमरैया, नमूना शिवमन्दिर टोल विकास संस्थाका पदाधिकारीहरुका लागि लक्षित गरि तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागीहरुले नेतृत्व विकासका लागि आवश्यक बोल्ने कलाका विभिन्न आयामहरु बारे ज्ञान लिने र प्रयोगात्मक अभ्यास गर्ने प्रशिक्षक ओम प्रकाश पौडेलले जानकारी दिनुभयो ।
आजबाट सुरु भएको कार्यक्रम २९ चैत्र सम्म सञ्चालन हुनेछ ।
२३ चैत्र २०८०, शुक्रबार
224
Shares