पूर्वप्रधानमन्त्री झ! लनाथ खनालले बालुवाटारबाट समाजवाद नआउने बताएका छन्।
मंगलबार राष्ट्रियसभा गृहमा आयोजित ‘नेपाली विशेषताको समाजवाद’ अन्तरक्रियामा यस्तो धारणा राखेका हुन्।
बालुवाटार र सदनबाट मात्रै समाजवाद नआउने भन्दै नेता खनालले सडक प्रमुख रहेको बताए।
‘खालि बालुवाटार र संसदबाट मात्रै क्रान्ति हुँदैन। समाजवाद आउँदैन’, उनले भने, ‘सदनलाई उपयोग गर्नैपर्छ, तर सडक प्रमुख हो। जनता त्यहाँ छन् । यसलाई बुझेर आम वर्गीय जनतालाई एकताबद्ध गर्ने, जागरूक र आन्दोलित नगरिकन नेपाली विशेषताको समाजवाद आउँदैन।’
नेता खनालले त्यसका लागि साझा मञ्च खोज्न वामपन्थीहरु लाग्नुपर्ने बताए।
‘एउटा नीति, सिद्धान्त र लक्ष्यमा एकताबद्ध हुनुपर्छ’, उनले भने, ‘यसरी एकताबद्ध भएर अहिलेको चुनौतीलाई ठिक ढंगले सामना गर्न सकियो भने वामपन्थी आन्दोलन ठिक ढंगले अघि बढ्छ भने समाजवाद निर्माण गर्ने दिशातर्फ अघि बढ्न सकिन्छ।’