राप्रपाद्वारा जनजागरण सभा सम्पन्न


११ चैत्र २०८०, आइतबार  

840
Shares


चैत १०  जितपुर,
रास्टिय प्रजातन्त्र पार्टिले  प्रधानमन्त्रीलाई बुझाएको ४० बुद्दे ज्ञापनपत्र बारे  ४ नम्बर जितपुर चोकमा जनजागरण सभा सम्पन्न भएको छ ।

बाणगंगा आन्दोलन प्ररिचालन समितिको आयोजनामा शनिवार आयोजित कोणसभामा ४० बुद्दे माग बारे जनतालाई जानकारि र चैत २७ गते काठमाडौं सुरु हुने आन्दोलनलाई सहयोग र समर्थन लागि आग्रह गरिएको थियो!

सो कोणसभालाई पार्टिका केन्दिय सदस्य ध्रुब बहादुर रायमाझि, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, लुम्बिनी प्रदेश सदस्य देवेन्द्र श्रीवास्ताव २०७० सालका राप्रपाका उमेदवार नेता भिस्म बन्जाडे लगायतले पार्टिका माग र आगामी आन्दोलन बारेमा अहिलेको अबस्था परिबर्तनको लागि यो प्रणाली र व्यव्स्था बदल्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता बाणगंगा आन्दोलन प्ररिचालन समितिका अध्यक्ष भोजराज आचार्यको अध्यक्षता र  नगर प्रवक्ता भिम शाहिको संन्चालनमा सम्पन्न भएको थियो!

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ३० बजे