अफर छाडेर गृहमन्त्री बन्दैमा अपराधी हुँदैन : उपप्रधानमन्त्री महासेठ


८ चैत्र २०८०, बिहिबार  

0
Shares


उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।

बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए।

उनले दोषी जो कोही भए पनि कारबाहीको दायरामा आउने बताए। उनले गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको बताए।

उनले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको पनि दावी गरे।

उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताउँदै भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको उल्लेख गरे।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ७ : २१ बजे