बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न


७ चैत्र २०८०, बुधबार  

672
Shares


कमला सापकोटा पौडेल
वाणंंगगा ६ चैत्र ।

एस ई र्ई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि बधाई तथा शुभकामना कार्यक्रम होराइजन अंग्र्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ४ सिद्धिपुरमा सम्पन्न भएको छ ।


कक्षा ९ को आयोजनामा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरले होराईजन स्कूलको शैक्षिक गरीमालाई अझ उचाँे बनाई राख्न यस वर्ष विद्यार्थीहरुले थप उत्कृष्टता हाशिल गरुन् भनि सुभेच्छ व्यक्त गर्नु भयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य तथा होराइजनकै अभिन्न अंग सयपत्री क्यामपसका क्याम्पस प्रमुख बासुदेव घिमिरेले अतिरिक्त क्रियाकलापमा समेत सर्वाेत्कृष्ट नतिजा पस्किँदै आएका होराइजनका चम्कीला नक्षेत्रहरु एस ई ई २०८० मा पनि विगतका वर्षहरुमा भन्दा अझ राम्रो नतिजा हाशिल गर्नेमा आफू आशावादी रहेको भन्दै अग्रिम बधाई तथा शुभकामना प्रकट गर्नुभयो ।
लुम्बिनी प्रदेश तथा राष्ट्रकै गौरव जिल्लाको पहिलो क वर्गको विद्यालय होराइजनले सार्वाङ्गिण विकासका लागि शिक्षा भन्ने मुल ध्येयलाई आत्मसात गर्दै विद्यालयलाई यहाँ सम्म ल्याउन योगदान गर्ने सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक तथा सुभेच्छुकहरु प्रति प्राचार्य घिमिरेले उच्च सम्मान व्यक्त गर्नु भयो ।


कक्षा १० का विद्यार्थीहरुले गुरुहरुलाई मायाको चिनो सहित सम्मान गरेको सो कार्यक्रममा कक्षा १० मा गरेका कार्यहरुका आधारमा विद्यार्थीहरुलाई विभिन्न उपाधी सहित सम्मानित गरिएको थियो । कक्षा ९ का विद्यार्थीहरुले समेत १० का विद्यार्थीहरुलाइई मायाको चीनो प्रदान गरेका थिए ।


कक्षा ९ का विद्यार्थी प्रशान्त जैसीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे, शिक्षा विकास निर्देशनालयका उपसचिव रेश्मीराज अर्याल, वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी, सयपत्री क्याम्पसका प्रवन्ध निर्देशक सुरेन्द्र घिमिरे, प्लस टु संयोजक मोहन वेल्वासे, मावि तह संयोजक गिता शर्मा, निमावि तह संयोजक शालिकराम आचार्य, प्रावि तह संयोजक पदमपाणी ढुंगाना, पूर्व प्रावि तह संयोजक चन्द्रा मल्ल सेन, सम्पूर्ण शिक्षक तथा अन्य विद्यालय कर्मचारीहरु र कक्षा १० का विद्यार्थीहरुको आतिथ्यता, स्मृती कुँवरको स्वागत, सदिक्षा गैरे र सुरेन्द्र न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : १३ बजे