ओम प्रकाश पौडेल
वाणगंगा २ फागनु ।
वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ ।
बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निवर्तमान सचिव बुद्धि सागर वेल्वासेले जानकारी दिनु भयो ।
अधिवेशन अन्तर्गत पुन: दिलिप कार्की अध्यक्ष र अन्य ६ जना सदस्य रहेको समिति गठन गरिएकोमा बाँकी सदस्य तथा पदाधिकारीको टुंगो पुस्तकालयको आगामी वैठकले लगाउने सिद्धार्थ क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा निर्वाचन मण्डलका संयोजक बालाराम ज्ञावालीले जानकारी दिनुभयो ।
सो अवसरमा स्रष्टाहरुले पछिल्लो समय पठन संस्कृतिमा कमी आउँदै गरेको प्रति चिन्ता व्यक्त गरेका थिए भने सदस्यहरुले पुस्तकालयको भवन निर्माण गर्न आवश्यक रहेकोले सो सम्बन्धि उचित सहयोगका लागि सरोकारवाला संग अपिल गरेका थिए ।
कोषाध्यक्ष चन्द्रकला बर्तौलाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक धर्मराज घिमिरेले लेखा प्रतिवेदन पेश गरेको सो कार्यक्रममा साहित्यकार विष्णु घर्ति भन्भनेलीलाई सम्मान गरिएको निर्वतमान उपाध्यक्ष दोलख बहादुर पछाईले जानकारी दिनु भयो ।
सो अवसरमा सरस्वती पुजा गरिनुका साथै स्रष्टाहरुले विभिन्न रचना बाचन गरेको थिए । पुस्तकालका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, वाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी थारुको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि, विष्णु घर्ति भन्भनेली, डबल सिंह जि.सि., पूर्व उप सचिव सूर्य भुषाल, शिक्षाविद बासुदेव घिमिरे, कपिलवस्तु उद्योग वाणिज्य संघ नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री, वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको पुस्तकालयले जनाएको छ ।
.