काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। अहिले भारतमा रहेका अध्यक्ष बार्कले अपराह्न काठमाडौं आइपुग्ने छन्। विमानस्थलमा उनलाई क्यानका अधिकारीले स्वागत गर्नेछ। चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गर्नेछन्। यस्तै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव…