बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो । गलकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन…