उनले किसानले दूधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गरे । इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईंले दूध लिन दुग्ध विकास संस्थान (डीडीसी)को गाडी दैनिक आउन छोडेकाले दूध बिक्री हुन छोडेको बताए । ‘डीडीसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन…