नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन्। नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताए। “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन्? आजको अहम प्रश्न यही…