मिटरब्याज पीडितलाई छलफलका लागि बोलायो सरकारले

आन्दोलनरत अनुचित लेनदेन  (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई आज (आइतवार) पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए।  वार्ता समितिमा मन्त्रालयका तर्फबाट सहसचिव पण्डितसहित दुईजना उपसचिव रहने र संघर्ष समितिबाट बढीमा…