यादवको आपत्तिजनक भनाइ- नेपालबाट मधेश एक दिन अलग हुन्छ, भारतले सघाउँछ

प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेका छन् । जसपा नेता यादवले प्रहरीद्वारा आफूमाथि दमन भएको भन्दै राष्ट्रहितविपरीतका अभिव्यक्ति दिन थालेका हुन् । प्रहरीको खोजीको सूचीमा रहेका उनले आइतबार करिब १० मिनेटको भिडियो सार्वजनिक गर्दै आफूलाई नेपालीभन्दा बिहारीका रुपमा प्रस्तुत गरेका छन् । …