प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान उत्पादन वृद्धिका लागि जलवायुमैत्री प्रविधि प्रयोगमा जोड दिने बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यीय कृषक समूह रत्ननगरले आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन वृद्धिमा जलवायुमैत्री प्रविधिको अनुसन्धान,…