रूपन्देहीको सैनामैना र कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयरहरूको घरमा आगजनी

प्रदर्शनकारीहरूले रूपन्देहीको सैनामैना र कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयरहरूको घरमा आगजनी गरेका छन्। मंगलबार बिहान ११ बजेदेखि सडकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको समूहले सैनामैनाका मेयर फणीन्द्र शर्मा र वाणगंगाका मेयर चक्रपाणि अर्यालको घरमा आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले बिहानैदेखि मेयर शर्माको घरमा आक्रमण गर्ने प्रयास गरे पनि सुरक्षाकर्मीले रोक्न प्रयास गरेका थिए। तर दिउँसो ३ बजेपछि भने स्थिति नियन्त्रणबाहिर…